स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार अक्सिजन बेड अर्थात् हाइडिपेन्डेन्सी युनिट व्यवस्था गर्ने भएको छ । सबै हस्पिटलमा हाइडिपेन्डेन्सी युनिटका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैंया बजेट विनियोजन गरेर पठाइसकिएको छ । मन्त्रालयले प्रदेश सहित काठमाण्डौं उपत्यकाका अस्पतालहरुमा ती बेडको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।
काठमाण्डौं उपत्यकाका टिचिङ, पाटन, वीर अस्पतालमा सयरसय बेड हाइडिपेन्डेन्सी युनिटको व्यवस्था गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पुलिस, किर्तिपुर आर्युवेद, दहचोक, धुलिखेल, सिभिल, र्आी र एपीएफमा ५०÷५० बेडको दरले व्यवस्था गरिएको छ ।
मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, गंगालाल ह्रदयरोग केन्द्र, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल,किस्ट अस्पताल, चापागाउँ अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पतालमा २५÷२५ बेडका दरले हाइडिपेन्डेन्सी युनिटको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।


