Banijya News

भारतीय गायिका नेहा कक्करले गरिन् विवाह

1
1.1K Shares

चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन् । उनले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । २४ अक्टोबरमा विवाह दर्ता गराएका उनीहरुले यसको दुई दिनपछि विवाह गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ । विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो ।

नेहाले केही दिन अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ । दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए । नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् । रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए । नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ ।

1

Scroll to Top