२६ कार्तिक, काठमाण्डौ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) लिमिटेडको ७९ औँ शाखा किर्तिपुरमा सन्चालनमा आएको छ । उक्त शाखाको उद्घघाटन आज एक समारोहका बीच कम्पनीका सीईओ एलपी दाशले गरेका हुन् ।
उक्त अवसरमा सीईओ दाशले पोलिसी बिक्री गरी सेवा आरम्भ समेत गरेका थिए । शाखा उद्घघाटन भएकै दिन आज एजेन्ट रिता खतिवडा मार्फत १ करोडको पोलिसी बिक्री र १४ लाख प्रिमियम समेत संकलन भएको छ ।
किर्तिपुर शाखा उद्घघाटनका अवसरमा सीईओ दाशले एलआईसी नेपालको पहिलो प्राथमिकता बीमितहरुको हित गर्नु रहेको बताउदै एलआईसी नेपाल दाबी भुक्तानीमा नम्बर वान कम्पनी रहेको दाबी गरे ।
निकट भविश्यमै १ सय वटा शाखा बिस्तार गर्ने योजना रहेको सुनाउँदै सीईओ दाशले सबै शाखाहरुका लागि एकीकृत सफ्टवेयर बिकास गरी बीमितहरुलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने बताए । धेरै पहिले किर्तिपुरमा आउने योजना रहे पनि कोरोनाका कारण केही ढिला भएको सीईओ दाशको भनाई थियो ।
शाखा उद्घघाटनका अवसरमा कम्पनीका डीसीईओ, मार्केटिङ हेड, आईटी हेड, एजेन्सी म्यानेज र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
आज उद्घघाटन भई आजैबाट सेवा शुरु गरेको एनआईसी नेपाल किर्तिपुर शाखाको प्रबन्धकका रुपमा जितेन्द्र साहलाई नियुक्त गरिएको छ । हेटौँडा शाखाबाट गतवर्ष सबैभन्दा राम्रो बिजनेश गरेका साहलाई किर्तिपुर शाखाको ब्राञ्च म्यानेजरका रुपमा नियुक्त गरिएको हो ।


