२६ कार्तिक, काठमाण्डौ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले धनुषा जिल्लाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ।
महेन्द्र नगर शाखाको उद्घाटन संस्थाका प्रदेश २ का क्षेत्रीय प्रबन्धक राजेशकुमार गुप्ता र शाखा प्रबन्धक प्रदिपकुमार सिंहको उपस्थितिमा गरिएको हो।
योसँगै संस्थाको प्रदेश नम्बर १ मा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर २ मा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा १ वटा शाखा कार्यालय र लुम्बिनी प्रदेशमा ४ वटा शाखा कार्यालय विस्तार भएको छ।
संस्थाको प्रधान कार्यालय लतिलपुरको हरिहर भवनमा रहेको छ।
बैंकिङ सेवामा एसटीसीको एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, ई–बैंकिङ सेवा, ईसीसी सेवा, आईपीएस÷कनेक्ट आईपीएस सेवा, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर सुविधा, टप अप सुविधाहरु, विभिन्न विप्रेषण सेवा तथा डीपी सेवा र सी–आस्बा सेवा साथै व्यक्तिगत खाताका लागि ३ लाखसम्मको निक्षेप बीमालगायतका सुविधा प्रदान गरिरहेको संस्थाले जनाएको छ।


