Banijya News

भेरी अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

1
1.0K Shares

बाँके । कोरोना सङक्रमणबाट आज भेरी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो । रासस

1

Scroll to Top