Banijya News

मुक्तिनाथ विकास द्वारा बैंकको ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ सार्वजनिक

1
1.1K Shares

मुक्तिनाथ विकास बैंकले नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ नामक ब्राण्ड सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सार्वजनिक गरेका हुन् ।


उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ। हाल बैंकको एक सय ३८ वटा शाखा कार्यालयहरू रहेका छन् ।

1

Scroll to Top