२९ मंसिर, काठमाण्डौ ।
कुमारी बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६र०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनिहरुको धारणा समावेश गरेको थियो ।
सभाले शेयरधनीहरुलाई आ.व.२०७६र०७७ को लागि १० दसमलव ८५ प्रतिसत बोनस शेयर तथा तीन दसमलव १५ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।
आर्थिक वर्ष २०७६र०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा दुई अर्ब १४ करोड तथा एक अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७र०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप एक खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १९ करोड गरि ८६ करोडको संचालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएको बैकले जानकारी दिएको छ ।
हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि एक सय ८६ शाखा संजाल, एक सय ५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


