Banijya News

शुक्रवार र शनिवार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

1
1.1K Shares

पुस २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । 

प्राधिकरणका अनुसार शुक्रवार बिहान तीन घण्टा र शनिवार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ । 

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । 

निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जानकारी दिएको छ । रासस

1

Scroll to Top