फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले आफ्नो दोस्रो विवाह धुमधामसँग गरेकी छिन् । पहिलो पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्च्यात एक्लै जीबन बिताईरहेकी नेत्री श्वेताले नेपाली समाजलाई राम्रो पाठ दिदै दोस्रो विवाह गरिन् । चलचित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ सँग वि.स. २०१४ मा विबाह गरेकी थिइन् । दुर्भाग्यवस श्रीकृष्ण श्रेष्ठको क्यान्सरको कारण ४७ वर्षको उमेरमा दिल्लीमा निधन भएको थियो । श्वेताले एकल महिलाको रुपमा ६ वर्षसम्म विताएकी थिइन् ।
उनको दोस्रो विवाह धनगडीका विजयेन्द्र रावतसँग धुमधामले भएको थियो । गत मंसिर २२ गतेका दिन श्वेतालेसँग धुमधामसँग नेपालको महँंगो मध्येको मानिने एक ५ तारे होटल गोकर्ण रिर्सोटमा उनको विवाह भएको थियो । उनको विवाहपछि कति खर्च भयो त ? यस्को खोजी नेपाली समाजमा हुन थालेको छ । किनकी विवाह ३ दिन सम्म चलेको थियो । नेपाली चलचित्र उद्योगकै सर्वाधिक महंगा र भव्य मानिने विबाह भएको खर्चमा सबैको ध्यान जानु स्वभाविक पनि हो । स्रोतका अनुसार श्वेता र विजयेन्द्रको विबाह १ करोडको हाराहारीमा खर्च भएको थियो ।


