विभिन्न ११ वटा संवैधानिक आयोगमा सिफारिस अध्यक्ष र सदस्यको नाम संवैधानिक परिषदले सुनुवाईका लागि संघीय संसद सचिवालयमा पठाएको छ । गत मंगलबार बसेको परिषद बैठकले सिफारिस गरेको नामावली आज संसदमा पठाएको हो । प्रतिनिधि सभा विघटन भएकाले उनीहरुको सुनुवाई प्रक्रिया अन्योलमा परेको छ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ को दफा २६ मा प्राप्त नामावलीमाथि सुनुवाई गरी ४५ दिन भित्र नामावली सम्वन्धित निकायमा समितिको राय सहित पठाइसक्नुपर्ने व्यवस्था छ । संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख- प्रेम राइ
सदस्य- जयबहादुर चन्द,
किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त- रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष- टपबहादुर मगर
सदस्य- मनोज दुवाडी
सूर्य ढुंगेल
लिली बस्नेत थापा
मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग
जुद्ब गुरुङ
अम्मरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमला पराजुली
सदस्य- कृष्णकुमारी पौडेल
विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष- देवराज विक
सदस्यह- मीना सोब
पर्शुराम रम्तेल
तुन्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष- रामप्रसाद खत्री
सदस्य-रामचन्द्र जोशी
रामकृष्ण तिमिल्सिना
हरिदत्त जोशी
आदिवासी जनजाती आयोग
अध्यक्ष- रामबहादुर थापा
सदस्य- मिनश्रीस मगर
मेन्चुङ लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्य- जिवत्स साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्य- विकास चौधरी
वविता चौधरी
सुवोध सिंह
भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य- महमुद्दिन अली
मिर्जा अरसद बेग


