Banijya News

कञ्चनपुरमा जलेर ४३ वर्षीया महिलाको मृत्यु

1
1.0K Shares

कञ्चनपुर । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर  मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । 

थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । रासस

1

Scroll to Top