Banijya News

धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले खुद मुनाफाबाट १ % रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने

1
1.1K Shares

धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अब आफ्नो खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बजार सम्बद्ध सबै पक्षहरु केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले उक्त शिर्षकमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो । संस्थाहरुले खुद नाफाको कम्तिमा १५ प्रतिशत रकम छुट्टाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिमा खर्च गर्नुपर्नेछ । खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

मर्चेन्ट बैंकरको सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइरहेको छ । यस कोष मार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कार्यका लागि खर्च गरिनेछ । धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको छ । एउटै प्रारम्भिक निष्कासनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको बोर्डले उल्लेख गरेको छ ।

1

Scroll to Top