अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने बनाईएको छ । यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने निश्चित स्थानमाबाट मात्र हेर्न समिने बनाइएको हो । सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार तीन स्थानबाट मात्र हेर्ने बनाइएको हो ।
सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ । यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए ।
लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न तीन स्थानबाट मात्र आइपीओ हेर्न मिल्ने बनाईको सिडिएसका कार्यकारी प्रमूख पूर्णप्रसाद आचार्यले बताए ।
स्रोतका अनुसार आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ । यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाएपछि आइपीओ संचारमाध्यमलाई दिन रोक लागाईएको हो । यही प्रबधान अनुसार शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँडको विवरण पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ ।


