१४ फागुन, काठमाडौं ।
संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा खोटाङका सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रचण्ड– नेपाल समूहमा गएका पूर्व प्रमुख सचेतक देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनः स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए ।
नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाइ सकेको छ । उनको स्थानमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।


