नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै निगमले आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतमा पनि यसको मूल्य बढेको भन्दै निगमले तेलको मूल्य बढाएको हो । नेपालले भारतबाट इन्धन आयात गर्दै आएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो । निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको भन्दै मूल्य बढाएको हो।
जसअनुसार पेट्रोल र डिजेल/मट्टितेलमा काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः १३३ र ११६ रूपैयाँ तथा आन्तरिक तथा बाह्य हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर र एल.पी.ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रूपैयाँले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य १५०० रूपैयाँ प्रति सिलिण्डर कायम गर्ने निर्णय भएको छ।


