Banijya News

लघुवित्तलाई राष्ट्र बैंकको अंकुशः उपत्यकामा शाखा खोल्न नयाँ शर्त

1
1.1K Shares


नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई काठमाडौ उपत्यकमा मा शाखा खोल्नको लागि अंकुश लगाएको छ । लद्युवित्तले शहरी क्षेत्रमा मात्र विशेष फोकर्स गर्ने कारोवार बढाएपछि राष्ट्र बैंकले नयाँ शाखा खोल्न नयाँ शर्त लागू गरेको हो । काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र काठमाडौं उपत्यकामा एक शाखा खोल्न मिल्ने नयाँ निर्देशन जारी गरिएको छ ।


लघुवित्तलाई शाखा विस्तारमा ग्रामिण तहमा फैलाउने योजना अनुसार यो नीति लिएको राष्ट्र बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकले इजाजतपत्र घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी गरेको हो । यस निर्देशन अनुसार काठमाडौं बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपश्चात उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानिय तहको वडाहरुमा एक शाखा खोल्ने अनुमति दिइनेछ । उपत्यका बाहिर खोलिने दुई शाखामध्ये एक शाखा गाउँपालिकामा खोलिने छ ।

1

Scroll to Top