Banijya News

एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त, पहिलोपटक नेपाली

1
1.1K Shares


एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो ।


नवनियुक्त सिइओ खालिङसित ३ दशकभन्दा लामो बैंकिङ अनुभव छ । उनले विभिन्न बैंकमा विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसअघि उनी सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए । उनले दुई साताअघि नै सिटिजन्सको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिइसकेको बताइएको छ, यद्यपि संस्थागत रुपमा सार्वजनिक हुन भने बाँकी नै छ । राष्ट्र बैंकले ६ महिने ‘कुलिङ पिरियड’मा लचकता देखाएमा खालिङले तत्कालै एभरेष्ट बैंकको कार्यकारी नेतृत्व गर्न पाउने बाटो खुल्नेछ, अन्यथा उनले एभरेष्ट प्रवेशका लागि ६ महिना प्रतीक्षा गर्नुपर्नेछ ।


ट्यान्डर्ड चार्टर्ड बैंकमा लामो समय काम गरेका खालिड लक्ष्मी बैंकमा सिइओ भएर काम गरिसकेका छन् । साथै उनले सिटिजन्स बैंकमा पनि काम गरको अनुभव छ । यसअघि ४ वर्षे कार्यकालका लागि नियुक्त भएका सिइओ गजेन्द्रकुमार नेगी १७ महिनाको अवधिमै बिदा भएका छन् । एभरेष्ट बैंकको भारतको पञ्जाब नेसनल बैंकसँग लगानी साझेदारी छ । बैंकले यसअघि पञ्जाब बैंकबाटै प्रमुख कार्यकारी अधिकृत भित्र्याउने गरेको थियो ।

1

Scroll to Top