Banijya News

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल

1
1.1K Shares

वैशाख २७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् । मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे । प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

1

Scroll to Top