काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्सको सेवा बुधबार डेढ घण्टा अवरुद्ध भएको छ । इन्टरनेट गेटवेमा समस्या आउँदा कम्पनीको इन्टरनेट डेढ घण्टा अवरुद्ध भएको कम्पनीले जनाएको छ । मुख्य इन्टरनेट गेटवे राउटर नै डाउन हुँदा नेपालभरको अन्तर्राष्ट्रिय ब्याण्डविथमा समस्या देखिएको कम्पनीले जनाएको छ ।
बुधबार दिउँसो ३ः५५ देखि समस्या देखिएको इन्टरनेट ४ः५५ मा आंशिक रुपमा संचालन भएको थियो । भने ५ः२० देखि पूर्ण रूपमा सेवा संचाल भएको हो । बुधवारै नेपाल टेलिकमको मोवाइल सेवामा पनि अवरोध आएको थियो ।


