Banijya News

एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

1
1.1K Shares

साउन ११, काठमाडौं ।

पछिल्लो २४ घण्टामा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना देखिएको छ। आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएको थियो।

आज पुष्टि भएकामध्ये १२ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३९१ जनामा कोरोना देखिएको हो। त्यस्तै, पाँच हजार ३२ जनाको एन्टिजन परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको छ ।

कोरोनाको संक्रमणबाट आज २५ जनाको मृत्यु भएको छ। आइतबार १६ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्। आइतबार दुई हजार ५० जना निको भएका थिए। सक्रिय संक्रमितको संख्या पनि बढेर २७ हजार ९०८ पुगेको छ।

1

Scroll to Top