Banijya News

मानुषी लघुवित्तको आईपीओमा माग भन्दा ८३ गुणा बढी  आवेदन

1
1.1K Shares

साउन ३२, काठमाडौं ।
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा माग गरिएको भन्दा ८३.१० गुणा बढी  आवेदन परेको छ । अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यो तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

1

Scroll to Top