साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेसँगै भदौ १४ गतेदेखि लागू हुने गरी कोइरालालाई पुनः सीईओमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका कोइरालासँग कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव छ ।


