Banijya News

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
साथै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ ।

1

Scroll to Top