Banijya News

नेप्से १०८ अंक भन्दा माथिले घट्यो, कारोबार रकम ११ अर्ब रुपैयाँ हाराहारी

1
1.1K Shares

साताको पहिलो दिन आइतबार शेयर बजारमा १०८.२६ अंकले गिरावट आएको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ ।
कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको थियो । दिउँसो १ बजेर ४० मिनेटबाट पुनः बजार खुल्दा ३.७० प्रतिशतले घटेर नेप्से २८१८.७२ अंकमा झरेर बन्द भएको हो ।

२२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता शेयर कारोबार हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपियाँ बराबरको कारोबार भएको छ । बजार बन्द हुँदा पौने ८ अर्बको कारोबार भएको थियो।

आज अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार २ सय ८.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । अरु १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ताले घाटा ब्यहोरेका छन् । १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी घटेको छ ।

आइतबार सबै समूह घटेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९.४६ र जीवन बीमा समूह ५११.७८ अंकले घटेका छन्।

 

1

Scroll to Top