Banijya News

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

1
1.1K Shares

शुक्रबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम रहेको थियो ।

1

Scroll to Top