Banijya News

परिसंघले गठन गर्यो पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति, को को परे समितिमा

1
1.1K Shares

नेपाल उद्योग परिसंघले पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघ अन्तर्गतको पूर्वाधार समितिको परिसंघका राष्ट्रिय परिषद सदस्य आशीष गर्गको नेतृत्व सभापतित्वमा समिति गठन भएको हो । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई ओटा नयाँ समिति गठन गरेको हो । समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्ने बताइएको छ । यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि उक्त समितिले गर्नेछ ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् । समितिको सदस्यहरूमा अमुन थापा, गुरुप्रसाद न्यौपाने, कमल पाण्डे, विद्यावारिधि सिग्देल, मनिष खेमका, वर्षा श्रेष्ठ, बसन्तबहादुर चन्द, आनन्द सुवेदी, अनुप उप्रेती, गणेश कार्की, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल छन् ।

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ । समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तरक्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानून तर्जुमामा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको छ ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् । समितिको सहसभापितमा भने एजाज आलम छन् । समितिको सदस्यहरूमा ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, लेखराज पोखरेल, भीम घिमिरे, हेमविक्रम थापा, बाबुराम बोहरा, राजु पौडेल, नरेश दास, ऋषिराम घिमिरे,सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य रहेका छन् ।

1

Scroll to Top