महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७÷७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनी शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ सम्मको नाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७÷७८ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर(रु.४ करोड ५० लाख बराबर) र ५ प्रतिशत नगद लाभांश अर्थात रु. ५० लाख (बोनस शेयर र नगद लाभांशमा लाग्ने करसमेत) प्रस्ताव गरेको कम्पनी सचिव कृष्णप्रसाद न्यौपानेले जनाएका छन् ।
उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड रुपियाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।


