झापाको विर्तामोडमा गएराति एक व्यसायीको पसलमा बसेकै स्थानमा हत्या भएको छ ।
विर्तामोड नगरपालिका ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा– ६ कप्तानबारीका स्थायी बासिन्दा ५० वर्षीय इन्द्रकÞुमार मगरको पसलमा बसेको समय नै घाँटी रेटेर हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो । मगरको हत्याराको पहिचान खुलेको छैन । घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


