Banijya News

मुस्लिम समुदायले आज ‘मोहम्मद डे’ मनाउँदै

1
1.1K Shares

आज पैगम्बरको १४४३ औं जन्मजयन्ती हो । मुस्लिम समुदायले आज (मंगलबार) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन् । इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । यसैबीच सो अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को उपलक्ष्यमा कात्तिक २ गते (आज) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

1

Scroll to Top