कृषि विकास बैंकको अध्यक्षबाट लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् । अर्थमन्त्रालयले राजिनामा दिएर मार्ग प्रशस्त गर्न भनेपछि उनले अध्यक्षबाट राजिनामा दिएका हुन् । कात्तिक १० गतेबाट लागू हुनेगरी राजीनामा दिएको भएपनि १२ गते मात्रै निरौलाको राजीनामा स्वीकृत भएको हो ।
सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्काे अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बैंकको अध्यक्ष नियुक्त भएका थिए । “सरकारभन्दा पनि अर्थ मन्त्रालयले मार्ग प्रशस्त गर्दिए हुने भन्ने आशय व्यक्त गरेपछि राजीनामा दिएँ, अन्य कुनै कारण हैन,” निरौलालले भने ।
सरकार परिवर्तन भएसँगै अर्थमन्त्रालयले ’मार्ग प्रशस्त गदिए हुने थियो’ भन्ने आशय व्यक्त गरेपछि आफूले मार्ग प्रशस्त गर्दै बैंकको अध्यक्षबाट राजीनामा दिएको निरौला बताउँछन् । निरौलाले आफ्नो कार्यकालमा प्रमुख कार्यकारी अधिकृतलाई व्यवसायिक रुपमा अधिकार दिएको र पछि अन्य वाणिज्य बैंकले पनि सोही अनुसरण गरेको दाबी गरे ।


