Banijya News

पेट्रोलियम पदार्थको मूल्यबृद्धिभएपछि हवाई सेवाको भाडा पनि बढाईयो

1
1.1K Shares

आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका हुन् । बुधबार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै एक सय बढी हवाई रुटमा हवाई टिकटको बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महंगिएको छ । वायुसेवा कम्पनीले काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीमा इन्धन शुल्क ४४० रुपियाँ बढाएका छन् ।

कुन गन्तव्यमा कति भाडा थपियो ?

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/11/Fuel-Surcharge.pdf” title=”Fuel Surcharge”]

1

Scroll to Top