Banijya News

सेयर बजारमा पैंरो जाने क्रम जारी, कारोवार रकममा भने सुधार

1
1.1K Shares

 

सेयर बजारमा मंगलबार पैरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २.८२ प्रतिशतले बजार घट्दा परिसूचक २७४९.८५ अंकमा झरेको छ । नेप्से सूचकमा फराकिलो अंकको गिरावट आउँदा खरिदबिक्री रकम भने औसतमा रहेको छ । ६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से उच्च अंकले घटे कारोवारमा सुधार आएको छ । सोमवार ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १ सय ३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी निर्जीवन बीमा समूह ४६४.४९ अंक र जीवन बीमा समूह ३७९.८३ अंकले घटेको हो । यस दिन २२५ कम्पनीको १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी साहस उर्जा २५.७९ करोड, अपि पावर २२.३६, नेशनल हाइड्रोपावर २०.९४, प्राइम कमर्सियल बैंक २०.८९, अरुण भ्याली १८.२९, लुम्निी विकास बैंक १६.९८, पुनर्बीमा कम्पनी १६.६८, अरुण काबेली पावर १६.५०, र युनाइटेड मोदी हाइड्रोपावरको १६.२० करोडको शेयर खरीद बिक्री भएको छ ।

1

Scroll to Top