देशभर थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार १३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर २४२ जनामा संक्रमण देखिएको थियो । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यही अवधिमा थप ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत छ । हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ७१ जना छन् । यस्तै, ललितपुरमा २८ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४४४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


