चितवनमा चलिरहेको एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारी घोषणा गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम घोषणा गरेका छन् ।
नवौं महाधिवेशनमा सचिव पदमा उपमहासचिवमा पराजित शंकर पोखरेललाई ओलीले बढुवा गरेर महासचिवमा अघि सारेका छन् । पोखरेल सँगै नबौंमा हारेका विष्णु रिमाल पनि उपमहासचिवमा अटाएका छन् ।
ओलीले अन्य उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ रिमालको नाम प्रस्ताव गरेका छन् । त्यसैगरी, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् ।
घनश्याम भुसाल पदाधिकारीमै अटाएनन् । ओलीले १० बुँदे सहमतिका पक्षधर भुसालसँग ओली निकै रुष्ट रहेको सन्देश दिए । उनी १० औं महाधिवेशनमा चर्चामा रहेका छन भने सबैभन्दा तल पारिएका छन् ।
गत महाधिवेशानमा लोकप्रिय मत ल्याउने विष्ट पुनः सचिवमै रोकिएका छन् ।


