सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ। रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागी भएको हो । बिहान करिब ९ बजेबाट हार्डवेयरको गोदामबाट सुरु भएको आगो दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको सामूहिक प्रयासपछि करिब ४ घण्टापछि नियन्त्रण आएको छ।
प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार गोदाममा विध्युत सर्ट हुँदा आगलागी भएको हो।
आगलागीबाट झन्डै ५ करोड रूपैयाँ बढीको क्षति भएको प्रहरीको भनाइ छ । यद्यपि क्षतिको एकिन विवरण आएको छैन ।


