नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना हुनुअगाडि सबै उमेदवारलाई मतगणना स्थालमा बोलाईएको थियो ।
तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने हुन सक्ने समितिले जनाएको छ । महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् । नेताहरू गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत, डा. राजाराम कार्की प्रतिष्पर्धामा छन् ।
मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने यसअघि निर्णय नै भएको थियो । काग्रेशको १४ औ महाधिवेशबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र कल्याण गुरु बिजयी भैसकेका छन् ।


