ख्यातिप्राप्त रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।ख्यातिप्राप्त रंगकर्मी एबम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जीका लागि राखिने शर्माले जानकारी दिए ।


