Banijya News

स्थानीय खानीहरुको सञ्चालन र स्थानीय उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराइयोस्ः ढकाल

1
1.2K Shares

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्नसके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन्।

रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए।

हरेक उत्पादनशील क्षेत्रमा व्यवसायिकताको विकास गर्नुपर्ने उनको सुझाव थियो। कार्यवाहक अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको अर्थपूर्ण सहभागिताले मात्र देशमा समृद्धि हासिल हुने धारणा राखे।

1

Scroll to Top