सेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले घटेको छ। साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको नेप्से सोमबार ६९ अंकले गिरावट आएको थियो। आज मंगलबार कारोबारको सुरुवातबाटै उच्च अंकले घटेको थियो। आज दिनभर बजार उतारचढाव हुँदा कारोबारको अन्तमा आएर सामान्य गिरावट आएको हो।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अंकले घटेर २६८.३३ मा थामियो । स्टकका अनुसार बुधबार कुल १ सय ६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता सेयर ५७ करोड ३४ लाख ४७ हजार ५ सय ९ रुपैयाँमा खरिद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोबार भएका ११ मध्ये तीन उपसमूहको सेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३.५२ र जीवन बिमा उपसमूहका सेयर १.४४ अंकले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बिमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका सेयर ०.११ अंकले घटेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन र अन्य उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसमूह राताम्मे देखिएको छ। आज बजार सामान्य गिरावट आए पनि मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।


