नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हाे। मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हाे। तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ। नेपालमा जसरी नै विश्व बजारमा सुनको मूल्य दिन दुई गुणा रात चौ गुणा बढेपछि लगानी कर्ता सुनबजार तीर आकर्षित भएका छन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने सुनचाँदी विश्लेषकहरु बताउँछन् ।
रुस युक्रेन युद्धमा अमेरिकादेखि अन्य राष्ट्रहरुको समेत प्रतक्ष्य–अप्रतक्ष्य संलग्नताका कारण विश्व बजारका लगानीकर्ता तथा व्यवसायीहरूले सुनमा लगानी बढाएका छन् । यस्तो समयमा विश्व बजारका लगानीकर्ताहरुले उद्योगधन्दामा भन्दा सुनजस्ता सम्पत्ति किनेर राख्न हिसाबले लगानी केन्द्रित गर्ने गरेका छन् । यसो हुँदा पनि सुनको भाउ बढ्न मद्दत्त पुगेको छ । लगानीका हिसाबले सुनलाई अन्य क्षेत्रभन्दा सुरक्षित माध्यम मानिन्छ । त्यसैले उनीहरू आफूसँग भएको पैसा अन्य क्षेत्रमा लगानी नगरी सुन जस्ता धातुजन्य वस्तुहरुमा लगानी गर्दछन् । अर्थशास्त्रको सिद्धान्त अनुसार जतिजति माग बढ्छ त्यति त्यति मूल्य बढ्ने भएकाले सुनको भाउ पनि अस्वाभाविक रूपमा बढ्न जाने व्यवसायीहरुको भनाई छ ।
यस्तै खानीबाट निकालिने सुन प्रशोधन क्रममा अत्यधिक मात्रामा पेट्रोलियम पदार्थको प्रयोग हुने र पेट्रोलको भाउ जुन रुपमा बढ्छ सोही अनुपातमा सुनको लागत बढ्ने हुँदा सुनको भाउ पनि महङ्गिने व्यवसायीहरु बताउँछन् । त्यसैले दुई देशको लडाइँको प्रभाव विश्व बजारमा नै पर्ने गरेको छ । कोरोना महामारीदेखि बढ्न सुरू गरेको सुनको मूल्य भ्याक्सिन निमार्णको क्रमसँगै महामारीको प्रकोप घट्न थालेपछि सुनको भाउ घट्दै जाँदा ९० हजार हाराहारीमा झरेको थियो । तर रुस युक्रेनबीच लडाइँ चलिरहँदा पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य खाद्यान्न तेलसम्मको मूल्य बढिरहेको अवस्था छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने तेस्रो ठूला देश रूसले तेल उत्पादन घटाएको छ भने उत्पादित तेल पनि युक्रेन आक्रमणका लागि सञ्चिति र प्रयोग गरेको विद्यमान अवस्था छ । यसले पनि पेट्रोलियमम पदार्थको भाउ बढाउन मद्दत्त पुगेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न नथाल्दासम्म सुनको भाउ घट्ने अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्य लगातार रुपममा बढदै गएको छ । बजारमा सुन र तेलको मूल्यका एक आपसमा जोडिएको हुन्छ । सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको पनि मूल्य घट्नै पर्छ ।
बाह्र दिनअघि अर्थात फागुन १२ गते बुधबार रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि सुनको भाउ उकालो लाग्न थालेको थियो । गत वर्ष सुन इतिहासमै पहिलो पटक तोलाको १ लाख ३ हजार ५०० रूपैयाँसम्म पुगेको रेकर्ड कायम छ ।
विश्वबजारमा सुनको मूल्य बढदो अवस्थामा छ । केही समय अगाडिसम्म दिन दुई रात चैंगुण बढेको सुन केहीदिन झन माथि गएको हो । सुनको मूल्य आकासिदा आम लगानीकर्ता यस्को खरीदबाट टाढा नै छन् । तर सुनका पारखीहरु भने सुन खरीद गर्न हतारिएका छन् ।
सुनमा लगानी कती फाइदा ?
सुनमाथिको लगानी बढेको समय सुनमा लगानी कति फाइदा त्यो खोजी गर्नुपर्ने समय भएको छ । आम मानिस सुनको लगानीलाई समाजिक प्रतिष्ठा र अभरको गर्जेटार्ने साधनका रुपमा मान्छन् । अर्केतर्फ सुन प्रति ऐतिहासिक धारणा पनि छ । इतिहास र संस्कृतिमा सुनलाई महत्व दिइएकोे कारण, सुन लगानीका लागि राम्रो छैन भनेर सर्वसाधारण मान्न तयार हुदैनन् । हामी सुनलाई एक सम्पत्ति मान्छौं । सुनलाई त्यस्तो मुद्रा मानिन्छ जसले प्रत्येक ऐतिहासिक समस्यामाथि विजय हासिल गर्न सफल भएको छ ।
राजा महाराजाहरुले सुनलाई नै सम्पत्ति माने । बिजय र हारमा सुनलाई नै आफू सुरक्षित हुने माध्यम माने । सुन बहुमूल्य छ, किनकी प्रत्येक व्यक्ति विश्वास गर्दछ कि यो बहुमूल्य छ । धेरै व्यक्तिको लागि, यो धारणा पर्याप्त हुन्छ । यद्यपि यसको आधुनिक मान्यता अनुसार गम्भिर भएर निर्णय नलिदासम्म सुनमा लगानी गर्ने निर्णय नगर्नु विवेकी निर्णय हुनेछ ।
सुन प्रत्येक नेपाली परिवारको एक महत्वपूर्ण हिस्सा हो । सुनको बारेमा परम्परागत धारणामा यो एक सरल र धेरै उपयोगी लगानी हो, खराब समयको सहारा हो । तसर्थ प्रत्येक परिवारले सुनमा लगानी गर्नुपर्दछ । यस धारणामा विश्वास गर्नेहरू सोच्छन् कि सुन सजिलैसँग बिक्री गरेर पैसा कमाउन सकिन्छ । यति मात्र होईन, यसबाट उच्च मूल्य पाउने आशा पनि रहन्छ । सुनको बारेमा दोस्रो र थोरै आधुनिक सोच यो अरु वस्तुहरु जस्तै साधन हो । जो बचतको सन्दर्भमा फाइदाजनक हुँदैन ।
कानूनी रुपमा पनि सुनलाई एक लगानीको माध्यमका रुपमा लिइन्छ । तर केहि कारण यो राम्रो लगानी होईन । फेरी प्रश्न आउन सक्छ कुन मापदण्डका आधारमा लगानी राम्रो वा नराम्रो मानिन्छ त ? यसको सरल उत्तर हो यसबाट आउने रिटर्न, तरलता, स्थिरता जस्ता कारणले लगानी राम्रो होइन । सुनमा लगानीको बास्तविकता खोज्दा सुनमा लगानीको राम्रो विकल्प भेट्न सकिदैन् ।
प्रश्न यो पनि छ कि प्रतिफल नै एक मात्र कारण हो जसमा सुनलाई राम्रो लगानीको रूपमा लिन सकिदैन ? यस्तो पनि होइन रिटर्न बाहेक पनि त्यस्ता केही कारणहरू छन्, जसको कारण सुनलाई राम्रो लगानी भन्न सकिदैन । सुन यस्तो श्रेणीको लगानी हो जसबाट केही पनि उत्पादन हुँदैन । सुन मूल्यवृद्धिको अवधारणामा मात्र हुन्छ । जहाँ आम सर्वसाधारण बेच्ने क्रममा कोही यसको लागि बढी तिर्न इच्छुक देखिन्छन् ।
इक्विटी, बन्ड वा अन्य योजनाहरु बाहेक सुनमा लगानी गरिएको पैसाले अर्थव्यवस्थामा योगदान पनि पु¥याउँदैन । समान पैसा व्यापारमा वा अरु कुनै उत्पादक आर्थिक क्रियाकलापमा खर्च गरेर राम्रो धन कमाउन सकिन्छ । त्यो पैसा अरु पनि धेरै ठाउँको लगानीमा बढ्न सक्छ । सुनले यस्तो क्षेत्रकमा कुनैपनि भूमिका खेल्दैन् । तपाईंले खरिद गर्नुभएको सुनको मात्रा उतिकै रहनेछ । सम्पत्ति दृष्टिकोणबाट पनि तपाईंको सम्पत्ति उतिकै रहन्छ । बेचेर धेरै कमाउँने आशामा गरिएको लगानी अन्तत नेपाल जस्तो मुलुकमा घाटामा हुन्छ ।
लगानी गर्नु आवश्यक छैन ?
उत्तर स्पष्ट छ । वर्तमान वित्तीय प्रणालीका बारे सचेत र अन्य लगानी विकल्पहरु भएकाहरुका लागि सुनमा लगानीको कुनै अर्थ छैन् । यदि त्यस्ता व्यक्तिहरुले सुनमा लगानी गर्छन् भने निश्चित रुपमा यसलाई गलत निर्णय भनिन्छ । सुनमा लगानी वित्तीय क्षेत्रमा विश्वस नगर्नेहरुको लागि मात्र हो । अर्केतर्फ यो समाजमा रवाफ देखाउँन मात्र प्रयोग हुन्छ । जुन कालन्तरमा गएर घाटामा परिणत हुन्छ ।
सुन हरेक नेपाली परिवारको एक महत्वपूर्ण अंश हो । प्रत्येक परिवार विश्वास गर्छन् कि सुन एक राम्रो र सजिलो लगानी हो । समस्यामा सुन उपयोगी छ । तर के सुन साँच्चै राम्रो लगानी हो ? यदि तपाईंले तथ्यहरुलाई हेर्नुभयो भने, जवाफ आउँछ ’होईन’ । अर्थव्यवस्थामा सुनको पैसाले कुनै भूमिका खेल्दैन । सुनले लगानी भन्दा वैकल्पिक मुद्राको रुपमा काम गर्दछ ।
समस्यामा लगानी फाइदा
सुनमा लगानी कुन समय फाइदा हो त ? यस्को प्रश्न उठ्दा एउटै जवाफ आउँछ । त्यो हो, अभरको गर्जेटार्ने समय । यो भनेको तपाई कुनै ठाउँमा समस्यामा पर्नुभयो भने सो समय साथमा नगद भएन भने साथमा भएको सुन बन्दकी राखेर नगद निकाल्न सक्नुहुन्छ त्यो समय भने सुनमा गरेको फाइदा हुनसक्छ । तर यस्तो अवस्थामा आर्थिक दृष्टिले भने फाइदा पुग्दैन । क्षणिक फाइदा भएपनि यस्को घाटा झन डरलाग्दो हुन्छ । यस्तो भैपरिआउँने समयमा ठुलै मुल्य कटाएर समान विक्री वा बन्दकी राख्नुपर्ने हुन्छ । जस्तो कि तपाईसँग लाख रुपैयाको सुन साथमा छ भने तपाईले ६० हजारमा नै समान बिक्री गर्नुभयो भने त्यो समेत ठूलो घाटा हो ।


