Banijya News

एमाले प्रवेश गर्दै नायिका करिश्मा

1
1.2K Shares

यसअघि डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले जनाईन ।
करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’
आफ्नो ‘पोजिसन’अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले जानकारी दिईन

1

Scroll to Top