भारत र नेपाल लगायत विभिन्न देशहरुमा हजारौँ मानिसहरु मधुमेहबाट पीडित भएका छन् । धेरै मानिसहरुलाई आफूलाई मधुमेह भएको नै थाहा हुँदैन । मधुमेह भएको थाहाँ पाउन भने आँखाबाट पनि सकिन्छ । त्यसैले आँखामा देखिने केही लक्षणहरु जसले मधुमेहको संकेत गर्छ ।
डायबिटिक रेटिनोप्याथी
यो समस्या रेटिनासम्म पुग्ने पातलो नसामा क्षति पुग्दा हुन्छ । यसको समस्या समाधान समयमा नै गरेन भने अन्धोपनको सिकार हुने सम्भावना हुन्छ ।
धमिलो देखिनु
धमिलो देख्न मधुमेहको लक्षण हो । सजिलैसगँ नदेख्नु रगतमा चिनीको मात्रा बढ्नु हो ।
ग्लुकोमा
यो समस्या आँखाबाट तरल पदार्थ बाहिर निस्किन अनि आँखामा दबाव पर्छ । आँखाको नसा र रक्त कोशिकाहरुमा नोक्सान हुने भएकोले हेर्नमा समस्या हुन्छ । यदि तपाईंमा टाउको दुख्ने, आँखा दुख्ने, धमिलो देखिने, आँखामा पानी आउने समस्या हुने जस्ता समस्या देखिन्छ भने तुरुन्तै चेकजाँच गर्नुपर्छ ।
मोतियाबिन्दु
मधुमेहका रोगीहरमा मोतियाबिन्दुको समस्या उमेरभन्दा अगाडि नै हुन्छ । यदि तपाईंमा यो समस्या छ भने मधुमेह भएको हुनसक्छ ।


