Banijya News

चौधरी फाउण्डेसनद्वारा नम्डोललिङ एकीकृत बस्ती हस्तान्तरण

1
1.1K Shares

नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका हुन् ।

गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच चौधरीले एकीकृत बस्तीको उद्घाटन गरि निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध भएका परिवारलाई हस्तान्तरण गरेका छन् । २०७२ सालको भुकम्पले घर भत्काएपछि कष्टकर जीवन बाचिरहेका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउण्डेसनले राष्ट्रिय पुननिर्माण प्राधिकरणसंगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो । नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामाग्रीको संकलनमा सहयोग गरेका थिए ।

फाउण्डेसनका अध्यक्षले वस्तीको उद्घाटन र स्थानीयलाई घर हस्तान्तरणपछि बोल्दै चौधरीले फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुसी व्यक्त गरे । उनले भुकम्प पिडितलाई सुन्दर बस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताउदै भविष्यमा पनि यस कार्यक्रमलाई सिमान्तकृत वर्गमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेको छ । घर निर्माणमा प्रयोग भएका करीब २ लाख इट्टा गाउँमै तयार गरिएको हो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउण्डेसनले प्रदान गरेको थियो । घरका जग पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरि बनाइएको छ ।

1

Scroll to Top