Banijya News

आइपियो निष्काशन गर्न एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रो फार्म बीच सम्झौता

1
1.1K Shares

आइपियो निष्काशन तथा बिक्री प्रबन्धक गर्न एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रो फार्म बीच दुई पक्षिय सम्झौता भएको छ । बुद्धनगर एग्रो फार्म लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको हो । उक्त फार्म लिमिटेडले पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । बुटवलमा कार्यालय रहेको कम्पनीले रु. १०० अंकित दरको आईपीओ निष्काशन गर्ने भएको हो ।
फार्म लिमिटेडलाई आइपियो जारी गर्दा आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई आइपियो जारी गर्ने व्यवस्था क्यापिटलले मिलाइने जनाइएको छ ।

1

Scroll to Top