Banijya News

नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति पाए

1
1.1K Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रु. १०० अंकित मूल्यको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्काशनका लागि चैत ९ गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै ग्लोबल आईएमई क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे यस लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ ।
रिभर फल्स पावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

 

1

Scroll to Top