Banijya News

रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1
1.1K Shares

रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सका देशभर रहेका २१ शाखामार्पmत वित्तीय सेवाहरु प्रदान गर्दै आएके जनाएको छ । फाइनान्सले विश्व मुद्रा सप्ताहको अवसरमा वित्तीय सचेतना कार्यक्रम गरेको छ । कम्पनीले ग्लोबल मनी विकको अवसरमा प्रदेश नम्बर १ को झापा र लुम्बिनी प्रदेशको बाँकेमा रहेका विद्यालय तथा क्याम्पसमा विद्यार्थी माझ कार्यक्रमको आयोजना गरेको छ । बीबीएस तहका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा विद्यार्थीलाई बैंकिङ सम्बन्धी तालिम दिइएको बैंकको भनाइ छ । झापा र बाँकेका विद्यालय तथा क्याम्पसमा दिइएको तालिममा ३८० विद्यार्थीको सहभागिता थियो । बैंकिङ चेतनामुलक अभिमुखिकरण कार्यक्रम पनि दिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई बैंकिङ सम्बन्धी तालिम दिइएको बैंकको भनाइ छ । बर्दियाको राजापुर नगरपालिकाका कृषक समूहलाई पनि विश्व मुद्रा सप्ताहको अवसरमा बैंकिङ चेतनामूलक तालिम दिइएको फाइनान्सले जानकारी दिएको छ ।

1

Scroll to Top