नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।
नेपालमा पर्वतारोहणको लागि खुल्ला हिमालहरुमा बड्दो फोहोर रोकथाम गर्न यो अभियान संचालन गरिएको हो । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर-सरकारी संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको साथ सफा हिमाल अभियानका लागि पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सकातर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र नेपाली सेनाका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


