Banijya News

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, नयाँ कति ?

1
1.1K Shares

शुक्रबार सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ निर्धारण गरिएको हो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top