अभिनेत्री आना शर्मा गायक सुशान्त केसीसँग प्रेम सम्बन्धमा भएको बजारमा चर्चा छ । आना फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । सोनम शेर्पासँग ब्रेकअप भएपछि आना गायक सुशान्त केसीसँग अफेयरमा रहेको बजारमा हल्ला छ। दुवैले केही महिनादेखि डेट गरिरहेको हल्ला छ ।
सन् २०२२ को न्यु इयर सेलिब्रेसन गर्न आना र सुशान्त मुस्ताङ पुगेका थिए । जहाँ उनीहरुले प्रेम सम्बन्धलार्ई गुपचुप राखे । प्रेम सम्बन्धलाई लुकाउन उनीहरुले एकै समयमा घुमघामका अलग तस्वीरहरु सेयर गरेका थिए । बिदा मनाउन पोखरा पुगेका उनीहरुसँगै देखिएको चर्चा छ। साथीहरुसँग त्यहाँ पुगेका उनीहरुले रमाइलो गरिरहेको बजारमा हल्ला छ। केहीअघि आनासगँ सुशान्तले म्युजिक भिडियो बनाएको सार्वजनिक भएको थियो । सन् २०१६ मा अष्ट्रेलियाबाट व्यापार शिक्षा पढेर स्वदेश फर्किएका सुशान्त अहिले संगीतमा व्यस्त छन् ।


