प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ । देउवा भारतको औपचारिक भ्रमणका निम्ति शुक्रवार अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेपछि गृहमन्त्री खाँणलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खाँणले सम्हाल्ने गरी कार्यकारी प्रधानमन्त्री तोकेकी हुन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रीले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका देउवा आइतवार स्वदेश फर्कने जनाईएको छ ।


